नेपालको दक्षिणी भूभाग तर्राई मधेशमा बसोबास गर्दै आएका हामी चुरे क्षेत्र दक्षिणका वासिन्दाहरुले भोग्दै आएको जलवायु परिवर्तनको प्रत्यक्ष असरको अनुभूति भर्खरै गर्दै छौं । खडेरी लागी कृषि उत्पादनमा कमी आएको छ । बोट विरुवा, वगैचा सुकेको छ । हजारौं हजार चापाकल, इनार सुकेको छ । साना खोला तथा नदीहरु सुकेका छन् । पशुपालनको लागि चरिचरण तथा घाँसपात वास व्यवस्थाको अभाव भइरहेको छ । मानवीय वसोबासको लागि घर बनाउन दिन दिनै अप्ठ्यारो भइरहेको छ । वषर्ाको कारण अनियन्त्रित भलबाढीले नदी काटन तथा तर्राई मधेश डुबान भएको छ । जाडो र गर्मीमा आएको मौसमी उत्तरचढाव सबैले महशूस गरिरहेका छौं । शुद्ध खानेपानीको अभावले सम्पर्ूण्ा जन समुदायको स्वास्थ्यमा गम्भिर असर पर्दै आएको महशूस भइरहेको छ । प्रयाप्त पानीको अभावमा खुला दिशा मुक्त जिल्ला तथा गाउँ बनाउन अप्ठेरो भएको यथार्थ सबै सामु र्छलङ्ग छ । वन पैदावर लघु उद्योग सम्पर्ूण्ारुपमा नष्ट हुने गम्भीर स्थिति सिर्जना भएको छ । यी सबै समस्याको जड भनेको चुरे क्षेत्रको वन विनास नै हो भन्ने यर्थाथलाई हामी सबैले आत्मसात गरेका छौं ।
यर्सार्थ, वर्तमान अवस्थमा चुरे क्षेत्रको वन विनासबाट प्रभावित स्थानीय समुदायको प्रत्यक्ष संलग्नतामा चुरे क्षेत्र जलाधार संरक्षण अपरिहार्यता महशूस गर्दै, विगत पाँच वर्षअगाडिदेखि स्थानीयस्तरमा संगठित रहेको चुरे क्षेत्र जलाधार संरक्षण समितिलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अर्न्तर्गत राष्ट्र उन्मुख भए अनुरुप वैधानिकरुपमा कार्यक्रम तथा आयोजना अगाडि बढाउन चुरे क्षेत्र जलाधार संरक्षण समितिको जन्म भएको छ ।