30/05/2026
“हर्केको सरकार” को बजेट भाषण यस्तै हुन्थ्यो होला 😄
1. देशभर काठै काठका पुल निर्माण गरिनेछ, पानी आए बग्यो भने फेरि श्रमदानबाट बनाइनेछ।
2. प्रत्येक नागरिकले महिनामा कम्तीमा १५ दिन अनिवार्य श्रमदान गर्नुपर्नेछ, नगरे “देशप्रेम कर” तिर्नुपर्नेछ।
3. ढुङ्गा, गिट्टी, बालुवा उत्खननलाई राष्ट्रिय गौरवको परियोजना घोषणा गरिनेछ।
4.विदेशी कपडा पूर्ण निषेध — बरु नाङ्गै हिँड्दा पनि स्वदेशी भावना झल्किने हुनाले त्य्सलाई प्रोत्साहन दिइनेछ।
5. पेट्रोलियम पदार्थ आयात घटाउन “एक व्यक्ति, एक घोडा” नीति लागू गरिनेछ।
6. कार, बाइक चढ्नेहरूलाई आलसी नागरिक घोषणा गरिनेछ, हिँड्ने र दौडिनेहरूलाई विशेष सम्मान।
7. सबै सरकारी बैठक अब डाँडामा बसेर गरिनेछ ताकि “प्रकृतिसँग नजिक सरकार” देखियोस्।
8. सडक बिग्रियो भने ठेकेदार होइन, जनता आफैंले बेल्चा बोकेर मर्मत गर्नुपर्नेछ।
9. बेरोजगारलाई जागिर होइन, कुटो–कोदालो र जिम्मेवारी दिइनेछ।
10. विकासको नयाँ मापदण्ड: “कति पसिना बग्यो ?” भन्ने बनाइनेछ।
11. प्रत्येक वडामा कम्तीमा एक “जनता आफैं बनाऊ” योजना अनिवार्य — सामग्री सरकारको होइन, भावना जनताको।
12. नगरपालिकाको डोजर बिग्रिएपछि अब विकासको मुख्य साधन: गैंती, बेल्चा र करेसाबारीको कोदालो।
13. विद्यालयमा नयाँ विषय थपिनेछ — “ढुङ्गा फुटाउने सीप तथा पुल बाँध्ने व्यवहारिक शिक्षा।”
14. विदेश जान चाहने युवाले पहिले ६ महिना नाला सफाइ र बाटो खन्ने राष्ट्रिय सेवा गर्नुपर्नेछ।
15. गाउँमा Wi-Fi होइन, “Whistle-Fi” लागू — खबर गर्न सिठी फुक्ने व्यवस्था।
16. ट्राफिक जाम हटाउन शहरमा घोडा लेन र गोरुगाडा पार्किङ निर्माण गरिनेछ।
17.सिंहदरबार छिर्नुअघि सबै मन्त्रीले दुई डोको गिट्टी बोक्नुपर्ने नियम लागू।
18. राष्ट्रिय खेल कबड्डी होइन, अब “बालुवा बोकेर उकालो दौड।”
19. सरकारी कर्मचारीको फिटनेस परीक्षण: ५० बोरा सिमेन्ट उचाल्न सके मात्र बढुवा।
20. “काम गर, पोस्ट गर” अभियान अन्तर्गत फेसबुक लाइभ गरेर काम गरेजस्तो देखाउनेलाई सम्मान गरिनेछ।
21. आगामी बर्ष देखि बजेट भाषण संसदमा होइन, खोलाको किनारमा श्रमदान गर्दै सुनाइनेछ।
22. हेलिकोप्टर चढ्ने नेताले कम्तीमा १० किलोमिटर नाङ्गो खुट्टा हिँडेर जनताको पीडा बुझ्नुपर्नेछ।
23. देश बिकासको नयाँ नारा: “GDP होइन, KDP —( कति ढुङ्गा फुट्यो) ।” भन्ने हुनेछ।😂
form social media
***nshah