Lalitpur Chamber of Commerce & Industry

Lalitpur Chamber of Commerce & Industry Visit: wew.lcci.org.np Lalitpur Chamber of Commerce and Industry (LCCI) was founded in 1967.

आजको सचेतना, भोलिको सुरक्षित जीवन । तपाईको सानो सहयोग, कसैको जीवनको ठूलो आशा भरोशा भन्ने नारा सहित आयोजना गरिएको जलन तथा...
21/08/2026

आजको सचेतना, भोलिको सुरक्षित जीवन । तपाईको सानो सहयोग, कसैको जीवनको ठूलो आशा भरोशा भन्ने नारा सहित आयोजना गरिएको जलन तथा छाला दान सम्बन्धी जनचेतना कार्यक्रममा

ललितपुर उद्योग वाणिज्य संघको छात्रबृत्ति तथा समाजिक उत्तरदायित्व समितिको संयोजनमा ललितपुरको पाटन दरवार भित्र स्थित भण्डा...
14/08/2026

ललितपुर उद्योग वाणिज्य संघको छात्रबृत्ति तथा समाजिक उत्तरदायित्व समितिको संयोजनमा ललितपुरको पाटन दरवार भित्र स्थित भण्डारखाल बगैचामा गरिएको बृक्षा रोपन कार्यक्रम

२०८३ श्रावण २७ गते  ललितपुर महानगरपालिका भित्रको अव्यवस्थित फुटपाथ व्यापारले गर्दा उक्त स्थानमा व्यापार व्यवसाय गर्दै आए...
13/08/2026

२०८३ श्रावण २७ गते ललितपुर महानगरपालिका भित्रको अव्यवस्थित फुटपाथ व्यापारले गर्दा उक्त स्थानमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरूको व्यवसायमा असर परेकोले ललितपुर उद्योग वाणिज्य संघले जिल्ला स्थित वस्तुगत संघहरूको आग्रहमा फुटपाथ व्यापारलाई व्यवस्थापन गर्न ललितपुर महानगरपालिकासंग चरणवद्ध रूपमा निरन्तर छलफल तथा ध्यानाकर्षण गर्दै आएकोमा आज भएको छलफल पश्चात ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जन ज्यूबाट यस विषयलाई गम्भीर रूपमा लिनु हुदै फुटपाथ व्यापारलाई व्यवस्थापन गर्न आफुले प्राथमिकता साथ काम गर्ने बताउनु भयो ।
यस्तै ललितपुर नगर भित्रको सार्वजनिक स्थानमा संचालन रहेको जुत्ता चप्पल मेलाले गर्दा महानगरपालिकालाई राजस्व तिरि रहेका स्थानीय व्यवसायीहरूको व्यवसायमा गम्भीर असर परेको बारेमा संघले ध्यानाकर्षण गराउंदा ललितपुर महानगरपालिकाका मेयरले यस प्रकारको मेला संचालनका लागि स्वीकृति दिनु पूर्व स्थानीय व्यवसायीहरूलाई पर्ने असरलाई विचार गरेर मात्र महानगर पालिकाले अनुमति दिने नीति अवलम्वन गर्ने भनि आश्वासन दिनु भएको छ ।

यस संघका कार्यसमिति सदस्य एवं उद्योग तथा रोजगादरदाता समितिका संयोजक श्री सजना श्रेष्ठ (नेम्कुल)ज्यू नेपाल उद्योग वाणिज्य...
04/08/2026

यस संघका कार्यसमिति सदस्य एवं उद्योग तथा रोजगादरदाता समितिका संयोजक श्री सजना श्रेष्ठ (नेम्कुल)ज्यू नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको सदस्य पदमा मनोनयन हुनु भएकोमा हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

विश्व राज बज्राचार्य
अध्यक्ष एवं
ललितपुर उद्योग वाणिज्य संघ परिवार

यस संघका कार्यसमिति सदस्य एवं वित्तिय समन्वय समितिका संयोजक श्री रवी महर्जनज्यू नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार...
04/08/2026

यस संघका कार्यसमिति सदस्य एवं वित्तिय समन्वय समितिका संयोजक श्री रवी महर्जनज्यू नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिको सदस्य पदमा मनोनयन हुनु भएकोमा हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
विश्व राज बज्राचार्य
अध्यक्ष एवं
ललितपुर उद्योग वाणिज्य संघ परिवार

ललितपुर पाटन औद्योगिक क्षेत्रमा रहेको यस संघका सदस्य, संगम फुड प्रोडक्ट प्रा.लि.मा आज दिउंसो आगलागीबाट क्षती पुगेको मा य...
03/08/2026

ललितपुर पाटन औद्योगिक क्षेत्रमा रहेको यस संघका सदस्य, संगम फुड प्रोडक्ट प्रा.लि.मा आज दिउंसो आगलागीबाट क्षती पुगेको मा यस संघ दुःख प्रकट गर्दछ। आगो नियन्त्रण तथा क्षती न्यूनीकरणका लागि ललितपुर बारुण यन्त्र (दमकल), नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरी, यस संघको वस्तुगत संघ सदस्य कल्याण तथा सुरक्षा समितिका अध्यक्ष एवं निवर्तमान अध्यक्ष समितिका सदस्यहरु लगायतका संस्थाहरुले अग्नि नियन्त्रणका लागि देखाएको तदारुकताका लागि लउवा संघ हार्दिक धन्यवाद व्यक्त गर्दछ। साथै संगम फुड प्रोडक्ट प्रा.लि.ले यस दुखद घटना पश्चात आफ्नो नियमित कार्य सुचारू गर्न संघको तर्फबाट कुनै पहल आवश्यक परे संघ सदैव तयार रहने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।

भूमि नन्दन कर्माचार्य
महासचिव

यस संघका कार्यसमिति सदस्य एवं छात्रबृत्ति तथा सामाजिक उत्तरदायित्व समितिका संयोजक श्री शर्मिला श्रेष्ठ जोशीज्यू नेपाल उद...
03/08/2026

यस संघका कार्यसमिति सदस्य एवं छात्रबृत्ति तथा सामाजिक उत्तरदायित्व समितिका संयोजक श्री शर्मिला श्रेष्ठ जोशीज्यू नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेशको कार्यकारिणी समितिमा आमन्त्रीत सदस्य र स्वास्थ्य समितिको संयाजक पदमा मनोनयन हुनु भएकोमा हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

विश्व राज बज्राचार्य
अध्यक्ष एवं
ललितपुर उद्योग वाणिज्य संघ परिवार

जीतपुर सिमरा नगर उद्योग वाणिज्य  संघको अध्यक्षज्यूको नेतृत्वमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको वस्तुस्थिति अवलोकन गर्...
27/07/2026

जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षज्यूको नेतृत्वमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको वस्तुस्थिति अवलोकन गर्न पाल्नु भएका भ्रमण टोलि संगको छलफल तथा भेटघाट कार्यक्रम

ललितपुर उद्योग वाणिज्य संघको राजस्व समितिले आयोजना गरिएको आर्थिक वर्ष २०८३ को बजेट अन्तर्गत कर, राजस्व, आर्थिक नीति तथा ...
24/07/2026

ललितपुर उद्योग वाणिज्य संघको राजस्व समितिले आयोजना गरिएको आर्थिक वर्ष २०८३ को बजेट अन्तर्गत कर, राजस्व, आर्थिक नीति तथा एम.आर.पी. सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम

लउवा संघ र अरनिको समाज बिच भएको  MOU हस्ताक्षर कार्यक्रम
07/07/2026

लउवा संघ र अरनिको समाज बिच भएको MOU हस्ताक्षर कार्यक्रम

Address

Mangalbazzar, Patan Dhoka, Patan, Laltipur
Lalitpur
44700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+977-01-5521740

Alerts

Be the first to know and let us send you an email when Lalitpur Chamber of Commerce & Industry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lalitpur Chamber of Commerce & Industry:

Shortcuts

Share