Manoj Raj Joshi

Manoj Raj Joshi सत्यको कट्टर समर्थक
गलतको कट्टर विरोधी

23/12/2024

प्रेम कहिल्यै अनावश्यक हुँदैन,
न कहिले रोकिन्छ,
निरन्तर अगाडि बढिरहन्छ,
आफूले आफैलाई कहिले समेट्दै त,
कहिले मर्यादा हरुलाई तोडेर,

हर समय मा बढ्दै,
अनि प्रगाढ हुँदै,

यो यति नै सरल छ,
जस्तो नदी मा बगिरहेको जल,
अनि त्यति नै कठिन,
जस्तो समुन्द्र को गहिराइ !
म अनि मेरो भावना ✍️Ⓜ️

24/10/2024

बाटैबाटो आएको थियो ऊ
बाटो खोज्दै
मैले औँला तेर्स्याएर देखाइदिएँ
निभ्नै लागेको क्षितिजको सूर्य
र आँखैअगाडी तमतन्न बाटो।

कतै त जानु थियो होला उसलाई
कहाँ पो जानुथियो?
बिर्सिएँ..

बाटो हो
यात्री भेटिन्छन्- छुट्छन्
जोडिन्छन्- टुट्छन्

ठिक त्यसैबेला
मैले
मेरा पुराना यारहरु सम्झिएँ !! ✍️Ⓜ️

24/10/2024

धेरै भेटेँ बाटोमा
थरिथरिका, परिपरिका।

केही मजस्तै यात्री थिए-
यात्राभरी साथ दिए
र छट्टिए।

केही व्यापारी थिए-
कारोबार गरे
बिदा भए।

केहीले रिस देखाए
केहीले प्रेम दिए।
केहीले बाटो देखाए
केहीले भड्काए।

साँची-
जानु कता थियो?
खोजी कसको थियो?

आफैँलाई एकबार सोध्नुछ
र खोज्नुछ !! ✍️Ⓜ️

27/09/2024

हिजो असोज १० गते मेरो जन्मदिनको अवसरमा मलाई विविध माध्यमबाट शुभकामना व्यक्त गर्नुहुने सबैमा धन्यवाद ♥️🙏

25/08/2024

महेन्द्रनगरबाट काठमाण्डाै आउदै गरेकाे सुदुर पश्चिम ०१ ०० २ १३३२ नम्बरकाे बस अनियन्त्रित भई दुर्घटना भएकाे हाे । दुर्घटनामा १५ जना घाईते रहेकाे र उनीहरुकाे उपचारकाे लागि भरतपुर लगिएकाे प्रहरीले जनाएकाे छ !!

23/08/2024

ब्रेकिङ दुःखद खबर : तनहुँको आँबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा बस खसेको छ !!
RONB

21/08/2024

समस्या के थियो आखिर हल किन गरिएन?
मन न परेको कुराहरु, फेरबदल किन गरिएन ?

सुकेका छन् फूलहरू, जताततै बगैंचा मा,
कसले रोप्यो फूलहरु, मलजल किन गरिएन ?✍️Ⓜ️

21/08/2024

जस्तो रोप्यौ त्यस्तै फसल पायौ की पाएनौ ?
खोजे जस्तै साथी असल पायौ की पाएनौ ?

पाउँछ भन्थेउ नी सबथोक, पैसा भए पछि,
सबथोक किन्न पाइने पसल पायौ की पाएनौ ?

19/08/2024

जनै पुर्णिमा तथा रक्षाबन्धन २०८१ को सबैमा हार्दिक मङ्गलमय शुभकामना ।।

17/08/2024

पहिलो प्रेम सवैलाइ नै खास हुन सक्छ
उता सास रोकिदा यता लास हुन सक्छ

जव तिमीले मेरो निस्चल माया वुझ्ने छौ
त्यसवखत सम्म स्वर्गमा वास हुन सक्छ

कोही पनि विश्वासिलो नलागे पछि यहा
बरु नबोल्ने ढुंगामा विश्वास हुन सक्छ

यो माया भन्ने चीजमा एकपल्ट परेपछि
मर्ने वेलामा पनि मायाले आश हुन सक्छ

जसले आफ्नैवाट नसोचेको घात पायो
उस्को हातमा नसाको गिलास हुन सक्छ

जसले गल्ती गरेर वच्न खोजेको हुन्छ
उसको मनमा सधै डर र त्रास हुन सक्छ

16/08/2024

जिन्दगीले सिकाउने पाठहरू कहिलेकाहीं निकै कठोर र अप्ठ्यारो हुन सक्छन्। प्रतिक्षाको फल मिठो हुन्छ भन्ने कुरा धैर्य र आशाका लागि हो, तर समयले पर्खदैन भन्ने कुरा अवसरहरूलाई गुम्न नदिनु भन्ने सिकाउँछ।
विपरीत परिस्थितिहरूमा पनि आशा र दृढताका साथ अघि बढ्न सक्नु नै साँचो सफलताको सूत्र हो !! ✍️Ⓜ️

16/08/2024

प्रेम भनेको जानेर गर्ने होइन अन्जान मै बस्छ चाहे त्यो विवाहित होस या अविवाहित !! " प्रेम भनेको प्रेम नै हो " ✍️Ⓜ️

Address

Kathmandu
44600

Telephone

+9779848792329

Website

Alerts

Be the first to know and let us send you an email when Manoj Raj Joshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manoj Raj Joshi:

Share

Category