09/09/2026
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि Midea Air Conditioners र Air Experts Nepal को तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३१ लाख सहयोग प्रदान गरेका छौँ।
यो कठिन घडीमा पीडामा रहनुभएका परिवारहरूप्रति हाम्रो साथ र ऐक्यबद्धता छ। हाम्रो यो सानो प्रयासले प्रभावित परिवारहरूको जीवनमा केही राहत र आशा थप्न सकोस् भन्ने हाम्रो हार्दिक चाहना छ।
यस कठिन समयमा, हामी सबै मिलेर एकअर्काको साथ बनौँ।