14/08/2026
कोशी प्रदेश लोक सेवा आयोगको अमिन (Amin) पदको अन्तर्वार्तामा सोधेका केही प्रश्नहरू
Shankar Bohara
1. हजुरको परिचय पाउन ?
2. अमिन किन पढ्नु भयो ..?
3. हेक्टर भनेको के हो यसमा कति क्षेत्रफल हुन्छ यस्ले कति जमिन ओगट्छ होला
4. हेक्टर प्रणाली अहिले प्रयोगमा छ कि नाई ..?
5. Error भन्ने रहेछ के हो error भनेको यो कसरी आउँछ 6.यसको समाधानका उपायहरु पनि भन्नुहोस त ...?
7. स्थानीय तहमा अमिनले गर्ने काम भन्नूहोस त..?
8. न्यायीक समितिको कुरा ल्याउनु भयो कति जना हुन्छन् अध्यक्ष को हुन्छ को को हुन्छन् भन्नू त ...?
9. बिगाहा र रोपनी प्रणाली भनेको के हो कहाँ प्रयोग गरिन्छ आज भोलि छ कि छैन
10. बिगाहा र रोपनीमा कुन ठूलो हो यिनिहरुमा के फरक छ ..?
11. संविधान पढ्नु भएको छ...?
12. संघ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध कुन सिद्धान्तमा आधारित छ ..? अनि को कति भागमा व्यवस्था गरिएको छ
13. प्रदेशको कानुन कस्ले प्रमाणीकरण गरेपछि लागू हुन्छ..??
14. प्रदेश प्रमुख कसले नियुक्ति गर्छ ...?
15. स्थानीय तहको अधिकार कहाँ व्यवस्था गरिएको छ कति ओटा छन् ..?
16. 083-1443-1 यो नेपालको Grid sheetma पर्छ कि नाई यसले कुन स्केल जनाउछ ... यसको पुर्बमा कुन सिट पर्छ ...?
17. control point भनेको के हो ..? कति प्रकारका हुन्छन् ..
18. control point कसरी स्थापना गर्नु हुन्छ..?
19. planning reconnaissance monumentation signaling observation computation को बारेमा अलि अलि भन्नुहोस त ..?
20. independent check भनेको के हो ... यो किन गरिन्छ... कसरी गरिन्छ ...?
21. Gnss भनेको के हो यसका part हरु भन्नुहोस् त ..?
22. अनि contro segment भनेको के हो नि ...?
23. Data uploading station भन्नू भयो अलि कता यसको बारेमा भन्नु त ...?
24. Gps survey गर्दा के के उपकरण आवश्यक पर्छन् ..?
25. using D- card रहेछ के हो यो भनेको ..? किन use गरिन्छ?
26. समथर जमिन र भिरालो जमिनमा जग्गा नाप्दा कुनमा बढी आउँछ? के नक्सामा कम र जमिनमा बढी आउँछ त त्यसो भए
27. Map भन्नू भयो के हो यो भनेको ...?
28. Cadastral map र topographical map को फरक भन्नू त ... ? कि same ho किन दुईवटा Map बनाउनु पर्यो एउटैले काम चलाउदा हुदैन ?
29.अहिलेको अमिनको तलब कति छ ... थाहा पाउनु भएको छ ..?
30. अवशिष्ट अधिकार धारा कतिमा छ नि ...?
31. रुकुमका धेरै आउनु भएको छ ग्रुप बनाएर पढेको हो?
थप भए कमेन्ट गर्नुहोला