कृषि वयवसायिक बजार नेपाल

कृषि वयवसायिक बजार नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कृषि वयवसायिक बजार नेपाल, Gardener, Katahariy Municipality 03 birtiprastoka Rautahat, Chandrapur.

 #मधेश प्रदेशमा खडेरीका कारण धेरै किसानले धान रोप्न नपाएपछि मर्कामा परेका कृषकहरुका लागि संघीय सरकारले विषेश कार्यक्रम ल...
29/07/2025

#मधेश प्रदेशमा खडेरीका कारण धेरै किसानले धान रोप्न नपाएपछि मर्कामा परेका कृषकहरुका लागि संघीय सरकारले विषेश कार्यक्रम ल्याउने तयारी गरेको छ ।
मधेश प्रदेशलाई प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरिसकेको छ भने संघीय सरकारले पनि विषेश कार्यक्रम ल्याउन लागेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिनुभयो । आज विहान ११ बजेपछि बस्ने मन्त्रीपरिषद्को बैठकले मधेश प्रदेशका खडेरी पिडित कृषकहरुका लागि केही न केही निर्णय हुने उहाँले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

उहाँले मधेश प्रदेशमा खडेरी परेकाले धेरै किसानहरुले धान रोप्न नपाएको र किसानहरु मर्कामा पर्नुका साथै अन्नको अभाव हुने भएकाले संघीय सरकारले केही विषेश कार्यक्रम ल्याउनु पर्ने प्रस्ताव आफूले राखेको उहाँको भनाई छ ।

कृषि मन्त्रीले गरे मलमा पारदर्शी व्यवस्था, माग अनुसारको दिन नसक्ने स्पष्टोक्ति :

कषि मन्त्री रामनाथ अधिकारीले अनुदानको मल वितरणका लागि पारदर्शी व्यवस्था बनाएको बताउनु भएको छ । कति मल छ, कहाँ कहाँ कति कति पठाइएको छ भन्ने लगायतका विवरण सबैले हेर्न मिल्ने बनाइको उहाँको भनाई छ ।

विगतमा लुकाएर वा पक्षपातपूर्ण तरिकाले मल वितरण गर्ने गरिएको र प्राथमिकतामा पर्नु पर्ने किसानहरुले नपाएर अन्याय भएकोमा अवदेखि न्ययोचित हुने व्यवस्था गरिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । उहाँले मलका लागि सरकारले छुट्याएको ९८ प्रतिशत रकम मलकै लागि खर्च गरिएको पनि स्पष्ट पार्नुभयो ।
“किसानले चाहे जतिको मल दिन नसकिएको पक्का हो, त्यो हाम्रो क्षमताले मात्रै हुदैन भन्ने कुरा सबैले बुझिदिनु पर्यो,” मन्त्री अधिकारीले भन्नुभयो ।

कृषि अनुदान दुरुपयोग गरेकाहरुलाई कारवाही गर्ने अन्तिम तयारी :

विगतमा कृषि अनुदान दुरुपयोग गरेकाहरुलाई कारवाही गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि मन्त्री रामनाथ अधिकारीले बताउनु भएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले अनुदान दुरुपयो गरेकाहरुलाई कारवाहीको प्रक्रिया सम्वन्धीत निकायले अन्तिम चरणमा पुरयाएको जानकारी दिनु भएको हो ।
उहाँले भन्नुभयो, “देशभरी विगतमा वितरण गरिएका अनुदानको कसरी प्रयोग भएको थियो भन्ने बारेमा छानविन गरी विवरण संकलन गरिएको छ, अव केही दिनमा कारवाही प्रक्रिया अगाडि बढ्छ । केही दिनमा सार्वजनिक हुन्छ ।” उहाँले आगामी दिनमा कृषिको अनुदानको एक हजार रुपैया पनि दुरुपयोग नहुने व्यवस्था आफूले मिलाएको दावी पनि गर्नुभयो ।

विगतमा करोडौको अनुदान पहुँचवालाले दुरुपयोग गरेर असली किसानले अनुदान नपाएकोमा अवदेखि खास किसानले अनुदान पाउने र दुरुपयोग गर्नेहरुले नपाउने कडा व्यवस्था गरिएको उहाँको भनाई छ ।

कृषि मन्त्री अधिकारले अवदेखि कसैले पनि निवेदनका भरमा अनुदान नपाउने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, विगतमा एउटा निवेदनका भरमा करोडौका अनुदान लैजाने र दुरुपयोग गर्ने भएको रहेछ, अव पहिले जस्तो हुन दिदैनौँ, कडा मापदण्ड बनाइएको छ, त्यसका आधारमा मात्रै अनुदान वितरण गरिन्छ ।

20/04/2025

#निमको उपयोगिता
तराई देखि मध्यपहाड सम्म खेती गर्न सकिने निम सुख्खा सहने हुँदा अरु खेती नगरिने बाँझो जमिन सडक छेउ र जंगलतिर बढी भेटिन्छ।। कृषिमा मात्र नभई अन्य क्षेत्रमा समेत यो बनस्पति बाट लाभ लिन सकिन्छ।
->यसको बिउ वा पात पिसेर वा पिना तथातेल बालीनालीमा प्रयोग गर्दा रोग तथा परजीवीको नियन्त्रण हुन्छ। निमको रसमा डुबाएर तरकारीको बेर्नाको जरा वा बीउको उपचार गर्दा जुकाको प्रकोप काम हुन्छ। निमको पिनाको प्रयोगले माटोको उर्वरता समेत बढ्छ। निमको कलिला हागा र हरिया पातहरू ब्याड बनाउदा प्रयोग गर्ने भने धानको चुसहा किराको नियन्त्रण हुन्छ। निमजन्य कीटनाशक विषादी बजारमा समेत पाइन्छ जसले विभिन्न प्रजातिका किरा नियन्त्रण गर्छ ।
-> बिरुवाको अनेक भाग छाला सम्बन्धी रोग,बाथरोग,मधुमेह,अल्सर मलेरिया ,हृदयरोग ,सर्प र विछिको टोकाइ लगायतका रोग निदान गर्न उपयोगी मानिन्छ।
->यसले रातमा कार्बन डाइअक्साड उत्सर्जन नगर्ने हुँदा स्वच्छ हावा(अक्सिजन)को लागि घर वरिपरि लगाउन उत्तम हुन्छ। तापक्रम र ध्वनि प्रदुषण घटाउन र यसको तेल लाम खुट्टे भगाउन प्रयोग गरिन्छ।
-->निमको पात र पिना पशुबस्तु र कुखुरालाई खुवाउदा प्रोटिन प्राप्त हुन्छ। साबुन , दन्तमञ्जन, लुब्रिक्यान्ट र काठबाट फर्नीचर हस्तकलाका सामान बनाउन सकिन्छ।बनाउछ र बोटबिरुवालाई यसले फाइदा गर्छ ।
५. निमको पात साथसाथै यसको बोक्रा,जसको पनि उत्तिकै महत्त्व हुन्छ र जसको धुलोले पिसो (Fleas) ,चुस्ने किरा (Sucking Lice) आदिलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भुमिका खेल्छ ।
६. निम युरिया कोटिङको खाद्यबिरोधि (Antifeedant),प्रजनन बिरोधि (Antifertility) र किट विकास प्रतिरोधात्मक क्षमता रहेको हुन्छ।
७. प्राकृतिक रुपमा पाइने र आर्थिक स्थिति कमजोर भएका किसानका निमित्त उपयुक्त ।
८. निमको किटनासक प्रयोग गर्न सजिलो,वातावरण अनुकुल ,माटोको उर्वराशक्ती बढाउने एवम कृषिजन्य उत्पादनमा वृद्धि गर्ने हुदा यसको प्रयोग उचित मानिन्छ।
९. निमको किटनाशक प्रकृति एवम यसको प्रयोग वातावरण अनुकुल रहेकाले यसलाई एकीकृत सत्रुजिव ब्यवस्थापन अर्थात Integrated Pest Management (IPM) मा महत्त्वपूर्ण भुमिका रहेको हुन्छ।
१०. अहिले मकैमा देखिदै आएको फौजी किरा (Fall Army Worm) को नियन्त्रणमा पनि सहयोग पुर्याउछ।

निममा यति धेरै गुण हुदाहुदै पनि यसको सहि सदुपयोग भने हुन सकेको छैन।निम सेवन गर्दा तितो हुने भएकाले पनि धेरै यसको प्रयोग नगरेको पाइन्छ। कृषि,वातावरण र सार्वजनिक स्वास्थ्यमा यसको निकै प्रभावकारी भुमिका हुदाहुदै पनि नजिकको तिर्थ हेला भने जस्तो मानवले यस्को सहि सदुपयोग गर्न भने सकेको छैन।किसानहरूमा जनचेतनाको कमिले गर्दा बालिको बिकास,माटोको स्वास्थ्य सुदृढ र रोग आदि नियन्त्रण गर्न यसको उपयोग एकदमै न्यून छ। -_____________________________
अनिल फलफूल नर्सरी कृषि
मो, 9822270903/9746591432/9810250555
Whatsapp imo viber single - 9822270903
Gmail:- [email protected]
Map:-Anil Falful Nursery Krishi Farm
https://g.co/kgs/Rr9anjo

Address

Katahariy Municipality 03 Birtiprastoka Rautahat
Chandrapur

Website

Alerts

Be the first to know and let us send you an email when कृषि वयवसायिक बजार नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category