Kusum

Kusum Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kusum, Barlin, Lalitpur.

27/04/2026

अनशन बसेकी शोभ पाठक माथी एमाले सचिव महेश बस्नेत पत्नी अम्बिका बस्नेत द्वारा यसरी संघातिक हमला !

हरेक अपराधीलाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिन्छ भने नयाँ सरकारको काम के ???
17/04/2026

हरेक अपराधीलाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिन्छ भने नयाँ सरकारको काम के ???

15/04/2026

यो झापालीको गफ ! बिदेश बसेर पैसा नकमाएको भए आज यिनले ६ अर्ब लोन कसरी लिन्थे होला ? लोन नलिएको भए नेपालको सबै भन्दा ठुलो धन्यढ्य मै हुँ भन्दै खोकेर हिँड्न पाउँथ्यो ?

गोजीमा अमेरिकन ग्रीनकार्ड बोकेर राष्ट्रभक्ति बनि टोपलेका ब्यक्ति रमेश उप्रेती ।यो मान्छेको नाम रमेश उप्रेती नेपाली चलचित...
08/04/2026

गोजीमा अमेरिकन ग्रीनकार्ड बोकेर राष्ट्रभक्ति बनि टोपलेका ब्यक्ति रमेश उप्रेती ।

यो मान्छेको नाम रमेश उप्रेती नेपाली चलचित्रको पुरानो नायक । दर्पण छाँया सुपरहिट चलचित्र । हिजो द्वन्द कालमा अमेरिकालाई झुटो बोलेर अमेरिका भासिएको तिनै द्वन्द शुरु गरेकोले गणतन्त्र ल्याए पछि देशमा केही गर्छु भन्दै गोजीमा अमेरिकी ग्रीन कार्ड बोकेर आएका र उनले राजा ल्याउनु पर्छ भन्दै दुर्गा प्रसाईँ देखि राप्रपा सम्मलाई समर्थन गर्यो पछि राप्रपा राष्ट्रिय पार्टी पनि बन्न नसके पछि रबि बालेन तिर ढल्केका यो मान्छेलाई तँपाई के भन्नु हुन्छ ?

रास्वपा समर्थितहरु ध्यान दिएर सुन हेर ! तिमीहरु अरुलाई झोले भन्छौ तर तिमीहरु झोले भन्दा तल्लो स्तरको छौ । किन भने तिमीहर...
05/04/2026

रास्वपा समर्थितहरु ध्यान दिएर सुन हेर ! तिमीहरु अरुलाई झोले भन्छौ तर तिमीहरु झोले भन्दा तल्लो स्तरको छौ । किन भने तिमीहरुले रास्वपा सम्बन्धित ब्यक्तिहरुको आलोचना गर्न दिँदैन । ताकी उनीहरु भनेको दुधले नुहाएर आएको सफा ब्यक्ति हुन ।

केही समय अगाडी गोल्ड स्टार जुत्तिको मालिकको टेस्ला कारको आलोचना भयो तिमीहरु भन्दै थ्यो चढ्छ त हुनेले चढ्छ हो चढ्ने त हुनेले तर हिजो तिमीहरुको पार्टी प्रतिपक्ष हुँदा अरुलाई कति आलोचना गर्थ्यो त्यो त बिर्सि सक्यो ।

अहिलेको ताजा समाचार छ गृहमन्त्री सुधन गुरुङको फेवाताल किनारमा २० रोपनी जग्गा ? गोर्खाको बिकट गाउँ चुमनुब्रीमा जन्मेको एक साधारण ब्यक्तिको पोखराको फेवाताल किनारमा २० रोपनी जग्गा किन्ने पैसा कहाँबाट आयो ? यो गम्भिर बिषयको छानबिन हुनुपर्छ कि पर्दैन ? हुनु यो बिषयमा पनि अरुले बोल्नै नमिल्ने होला ?

कलाकार सागर लम्साल 'बले'विरुद्ध ब'ला'त्कारको आरोप सार्वजनिक भएको छ। अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत...
03/04/2026

कलाकार सागर लम्साल 'बले'विरुद्ध ब'ला'त्कारको आरोप सार्वजनिक भएको छ। अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत आफूमाथि यौन दुर्व्यवहार भएको दाबी गरेपछि प्रकरण चर्चामा आएको हो।

उक्त युवतीका बुवा र सागर हास्य टेलिसिरियल 'सक्किगोनी'का सहकर्मी हुन् ।उनका बुवा नेपाली चलचित्र क्षेत्रका चिरपरिचित नाम हुन् । उनले लेखेकी छन्-

"एक वर्ष अगाडिको कुरा हो। म अमेरिका आएको केही समय भएको थियो, र सानोदेखि नै डिप्रेसन र एन्जाइटीसँग संघर्ष गरिरहेकी म घरबाट टाढा, एक्लै अपरिचित ठाउँमा हुँदा निकै अँध्यारो अवस्थाबाट गुज्रिरहेकी थिएँ। मेरो मानसिक स्वास्थ्यका कारण म अस्पतालमा भर्ना हुनुपर्‍यो। सायद वर्षौँदेखि आफैँसँग लड्दा–लड्दा मेरो दिमाग र मनले हार मानेको थियो।

अस्पतालबाट डिस्चार्ज भएपछि ‘अलि प्रयास गरे राम्रो दिन आउला’ भन्ने आशा थियो। यही क्रममा नेपालबाट केही अंकलहरू अमेरिका आउनुभएको थियो। उहाँहरू हाम्रो परिवारसँग वर्षौँदेखि परिचित हुनुहुन्थ्यो। कसैलाई मैले दाइ भन्थेँ, कसैलाई अंकल। यस्तो गाह्रो समयमा आफन्तजस्तै मान्छे भेट्दा राम्रो होला भनेर बाबाले भेट्न भन्नुभयो।

ऊर्जा थिएन, औषधिमा थिएँ र अत्यन्तै एक्लो महसुस गर्थेँ। तैपनि अपरिचित सहरमा आफन्तजस्तो मान्छे भेट्दा सान्त्वना मिल्ला भन्ने लाग्यो। भेट्न जाँदा एकजना अंकललाई भेट्न पाइएन, तर जसलाई मैले दाइ भन्थेँ उहाँसँग भेट भयो। कुराकानीकै क्रममा ‘तिमी बसेको ठाउँ हेरौँ न’ भन्नुभयो।

मैले विश्वास गरेर उहाँलाई आफ्नो अपार्टमेन्ट देखाएँ। त्यहाँ बसेर कुरा गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो। मैले आफ्नो सबै पीडा रोइरहँदै सुनाएँ। तर जसलाई मैले दाइ मानेकी थिएँ, उहाँ नै राक्षस हुनुहुन्थ्यो भन्ने मलाई थाहा थिएन।

ममाथि ब'ला'त्कार भयो।
जति आशा थियो, जति शक्ति बाँकी थियो, सबै समाप्त भयो। म चिच्याउन चाहन्थेँ, परिवारलाई भन्न चाहन्थेँ, तर त्यस्तो अवस्थामा पनि ‘केही भनेँ भने परिवार टुट्छ’ भन्ने डर लाग्यो।

सरी बाबा, अहिले यसरी भन्नु परेको छ। तपाईंलाई भन्न सकिनँ। तपाईं नजिक हुनुहुन्थ्यो भने सायद तपाईंको अँगालोमा रोएर लड्न सक्थेँ। तर धेरै टाढा थिएँ।

म कसैलाई भन्न सकिनँ। आफैँसँग घिन लाग्न थाल्यो। वर्षौँदेखि चलेको संघर्षले मेरो आत्मा, शरीर, दिमाग र मन सबै हारिसके। मर्न पनि सकिनँ—परिवारको माया सम्झेर। तर यो पीडाले हरेक दिन मलाई खाइरहेको छ। सास फेर्न गाह्रो हुन्छ, खान सक्दिनँ, आफूलाई जीवित लासजस्तो लाग्छ।

र त्यो राक्षस भने आफ्नो घर फर्किएर सामान्य जीवन बिताइरहेको छ।

आज केही साहस आयो र लेखेँ। मलाई थाहा छ, न्याय पाउँदिन होला र लड्ने हिम्मत पनि छैन। तर जसले मलाई यस्तो गर्‍यो, उसले परिणाम भोग्नुपर्छ। भविष्यमा अरू कसैलाई यस्तो हुन दिनु हुँदैन।

मेरो सम्पूर्ण परिवारसँग माफी चाहन्छु। सायद तपाईंहरू मसँग निराश हुनुहुन्छ होला। तर सधैँ निराश पारिरहने म एउटा असफल व्यक्ति हुँ।

अन्त्यमा एउटा प्रश्न—
कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ, सागर लम्साल क्षेत्री?"

साभार: सामाजिक संजाल
https://www.facebook.com/share/p/1D21Acs8yc/

02/04/2026

रातारात नेपालकै एक मात्र अन्तराष्ट्रिय बिमान स्थलमा गृह मन्त्री सुदन गुरुङ द्वारा छड्के !

02/04/2026

झापाली फटाह दुर्गा प्रसाईँको पछि लाग्नेहरुले किन बुझ्दैन होला ?

तिमी हिजो देशलाई माया मारेर हिड्ने अहिले आएर फेशबुक फलोअर लाईक कमेन्ट बढाउन रास्वपाको समर्थन गरि हर्कलाई गाली गर्ने तिम्...
02/04/2026

तिमी हिजो देशलाई माया मारेर हिड्ने अहिले आएर फेशबुक फलोअर लाईक कमेन्ट बढाउन रास्वपाको समर्थन गरि हर्कलाई गाली गर्ने तिम्रो ईन्टेन्सन के हो हामी बुझ्दैनौ ? बरु त्यो गोजीमा बोकेर हिडेको अमेरिकन ग्रीनकार्ड त्यागेर आउ सक्छ भने !

रास्वपा समर्थित बिशेष गरि रबि भक्तहरु हर्क सम्पाङलाई एकदमै गाली गलौज गर्छन । यहाँ हेरौं त ! प्रधानमन्त्री बालेद्र शाह सँ...
02/04/2026

रास्वपा समर्थित बिशेष गरि रबि भक्तहरु हर्क सम्पाङलाई एकदमै गाली गलौज गर्छन । यहाँ हेरौं त ! प्रधानमन्त्री बालेद्र शाह सँग मित्रता। हैन तिमी भक्तहरुको बुद्धि कहिले फिर्छ ?

अभिनेत्री निशा अधिकारी लेख्नुहुन्छ:स्कूलका विद्यार्थीलाई स्कूल युनिफर्ममा आउन प्रोत्साहन कसले गर्‍यो? किन गर्‍यो? ह्युमन...
02/04/2026

अभिनेत्री निशा अधिकारी लेख्नुहुन्छ:

स्कूलका विद्यार्थीलाई स्कूल युनिफर्ममा आउन प्रोत्साहन कसले गर्‍यो? किन गर्‍यो? ह्युमन शिल्ड किन चाहियो? यो कुराले दुईटा कुरा बिगार्यो।

१) सुरक्षा निकायलाई धोका भयो। “इनोसेन्ट, पीसफुल प्रोटेस्ट हुन्छ” भनेर मार्केटिङ गरियो। नागरिकहरूमा पनि भ्रम पैदा भयो। अरूको छोरा–छोरीलाई स्कूल युनिफर्ममा आन्दोलनमा लिएर जाने अधिकार कसले दियो?

२) पीसफुल प्रोटेस्टलाई ह्युमन शिल्ड किन चाहियो? यदि पुलिस फोर्ससँग आक्रामक रूपमा भिड्ने मनस्थिति छैन र यो साँच्चिकै पीसफुल र्‍याली हो भने स्कूल युनिफर्म किन चाहियो?

त्यसपछि राज्यले जे गर्‍यो त्यो त जघन्य अपराध गर्‍यो। कारबाही हुनुपर्छ। कारबाही पहिलो दिनका योजनाकारहरूदेखि सुरु हुनुपर्छ। २४ गतेका सबै अराजक तत्वहरूलाई पनि हुनुपर्छ।

अहिलेको सरकारले जति राम्रो काम गरे पनि, यो न्याय अधुरो हुन दियो भने यो अराजक फर्मुला फेरि प्रयोग हुँदैन भन्न सकिँदैन।

कार्की आयोगको प्रतिवेदन र NHRC को प्रतिवेदन अनुसार काम होस्। विपक्ष कहाँ छ हाम्रो देशमा? नेपाली कांग्रेस के हेरेर बसिरहेको छ?

जुन मानिसलाई डर छैन, त्यही मानिसले अन्ततः सत्य–तथ्य बाहिर आओस् भनेर आवाज उठाउँछ।

निर्दोष मानिसले न्याय माग्दा गाली गर्ने हिम्मत राख्नेहरूले, अन्यायको विरुद्ध आवाज उठाउने आँट पनि गर्नुपर्ला।

🙏

Address

Barlin
Lalitpur
10115

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779762451543

Website

Alerts

Be the first to know and let us send you an email when Kusum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kusum:

Share